काठमाडौं । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । जम्मा १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसहित नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको हो ।
यो अर्धजलाशययुक्त आयोजना हाे।