api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री ओलीद्धारा भाषा, साहित्य र कला क्षेत्रका व्यक्तित्वलाई छिन्नलता पुरस्कार प्रदान

काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तित्वहरुलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका छिन्नलता पुरस्कार प्रदान गरेका हुन् ।

२०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेलले पुरस्कार प्राप्त गरे । यसैगरी २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरिएको हो ।

छिन्नलता गीत, सङ्गीत र गायनतर्फ पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ भने युवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ ।

Health Tips Ad Road Block