Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

विधेयकमार्फत देशमा लगानीको वातावरण बनाउने गरी भूमिसम्बन्धी ऐन–२०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९, जग्गा प्राप्ति ऐन–२०३४, विशेष आर्थिक क्षेत्र ऐन–२०७३, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन–२०७५, विदेशी लगानी तथा प्रबिधि हस्तान्तरण ऐन–२०७५, वन ऐन–२०७६, औद्योगिक व्यवसाय ऐन–२०७६ मा संशोधन गरिएको छ ।

Health Tips Ad Road Block