skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले मन्त्रीहरुले राजीनामा दिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

संसद्का दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । संविधानतः सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्दछ । अहिलेसम्म प्रधानमन्त्री प्रचण्डसँग माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १० र अशोक राई नेतृत्वको जसपा ७ गरी ७९ मत मात्र रहेको छ । प्रचण्डको विपक्षमा कांग्रसको ८८ र एमालेको ७९ गरी १६७ मत रहेको छ ।

Health Tips Ad Road Block