skip this News Page Tips Ad Road Block

भक्तपुरका वृद्धवृद्धालाई जेए ग्रुपद्धारा खाद्य सामग्री वितरण

भक्तपुर । जेए ग्रुपले भक्तपुरको ओम वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाध्य सामग्री वितरण गरेको छ । संस्थाले असार १५ अर्थात धान दिवसको अवसर पारेर वृद्धाश्रममा रहेका २१ जना वृद्धवृद्धा एवं आश्रमका कर्मचारी समेतलाई दहिचिउरा, मिठाइ, फलफूल तथा अन्य खाद्य सामाग्री वितरण गरेको हो ।

जेए ग्रुपले समय-समयमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको छ । केही समय अगाडि मात्रै संस्थाले २ जना क्यान्सर पीडितलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो । वृद्धवृद्धालाई खाद्य सामग्री वितरण गर्दै संस्थाले अबदेखि प्रत्येक महिना कम्तिमा एउटा सामाजिक कार्य गर्ने घोषणा गरेको छ ।

लप्सीका बियाँ निर्यात गर्ने जितबहादुर श्रेष्ठले ४८ वर्षअघि जेए ग्रुपमार्फत व्यवसाय विस्तार गरेका थिए । यस ग्रुपले कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र औद्योगिक क्षेत्रमा लगानी गरेर आर्थिक क्षेत्रमा पनि योगदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block