Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विपन्न नागरिकलाई निशुल्क उपचार नगर्ने स्वास्थ्य संस्थालाई कारबाही हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले भने बमोजिम निःशुल्क स्वास्थ्य उपचार नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयले सरकारले स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शय्यामा निःशुल्क छ्ट्याउनु पर्ने व्यवस्था गरे बमोजिम दिएको सेवाबारे स्पष्ट सूचना र सबैले सजिलै बुझ्नेगरी टाँस्न सबै संस्थालाई निर्देशन दिँदै यो चेतावनी दिएको हो ।

मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकीद्धारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको स्पष्ट जानकारी देखिने गरी सूचना टास्नुपर्दछ । त्यसैगरी निःशुल्क उपचार गरिएका बिरामीको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्न, सेवाग्राहीको फोटोसहितको प्रगति प्रतिवेदन हरेक हप्ता मन्त्रालयमा पेस गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

निर्देशन पालन नगर्ने स्वास्थ्य संस्थालाई कानुनको दायरामा ल्याई कारबाही गर्नुका साथै सेवा सम्झौता रद्द तथा इजाजत अनुमति र नवीकरण रद्दसम्मको कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।

मन्त्रालयको नयाँ निर्देशनले निःशुल्क स्वास्थ्य सेवाको पारदर्शिता र प्रभावकारिता बढ्ने र गरिब तथा विपन्न नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने एवं नेपालको स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा मन्त्रालयको छ।

Health Tips Ad Road Block