Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

२१‍औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ‘जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१‍औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ असार १५ गते चितवनको बछौलीमा हुने भएको छ । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ मूल समारोह समितिले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा महोत्सव मनाउन लागेको जानकारी दिएको छ ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१‍औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको समितिले जनाएको छ। जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको कृषि विभागका महानिर्देशक एवं महोत्सव मूल समारोह समितिका अध्यक्ष डा नरहरि प्रसाद घिमिरेले बताएका छन् ।

यस अवसरमा शुक्रबार नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यहरुको उपस्थितिमा स्वदेशी र विदेशी सरोकारवालाहरुको सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन हुने आयोजकले जनाएको छ ।

हालसम्म नेपालको ९.८ प्रतिशत क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालको सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ। यसर्थ धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो। धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले सरकारले २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ ।

 

Health Tips Ad Road Block