Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नरेन्द्र मोदी एनडीए गठबन्धनबाट प्रधानमन्त्रीमा अनुमोदित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भारतको सत्तारुढ गठबन्धन एनडीएले नरेन्द्र मोदीलाई नै तेस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ। सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजीनामा दिएका थिए। जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेकाले प्रधानमन्त्री निवासमा बुधबार साँझ भएको एनडीए गठवन्धन बैठकलले मोदीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।

बैठकमा नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, टीडीपी प्रमुख चन्द्रबाबु नायडू, बिहारका मुख्यमन्त्री नितिश कुमार र जेडीयु नेता लालन सिंह र सञ्जय झा उपस्थित थिए। बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारले सरकार गठन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गरेका थिए। लोकसभाको निर्वाचनमा एनडीए गठबन्धनले २९२ सिट जितेको छ। भारतको लोकसभा ५४३ सदस्यीय रहेको छ। बहुमतका लागि २७२ सिट आवश्यक पर्छ। यो चुनावमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले भने २४० सिटमात्रै जितेको छ।

अघिल्लो पटक ३०३ सिट जित्दै सरकार बनाएको भाजपाले यस पटक भने गठबन्धन गरेर चुनावमा गएको थियो। चुनावी नतिजाले भाजपाको लोकप्रियता घटेको प्रमाणित गरेको छ ।

Health Tips Ad Road Block