Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

परराष्ट्र मामिला बिटमा कलम चलाउँदा थप संवेदनशील हुन काउन्सिलको सुझाव

बेग्लै सञ्चार निर्देशिकाको गृहकार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ । काउन्सिलले गरेको घलफलमा सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनमा सहजताका लागि आवश्यक सञ्चार निर्देशिकाको खाँचो औंल्याएका थिए ।

प्रेस काउन्सिलले जारी गरेको आचारसंहिताका बुँदामा थप विस्तृत र स्पष्ट उल्लेख हुनुपर्ने तथा अन्य (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता) सञ्चार निर्देशिका जस्तै विदेश मामिलाका सन्दर्भमा पनि के कस्ता शब्द वाक्यांश प्रयोग गर्ने, राष्ट्रियता जोडिएका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने निर्देशिका जरुरी रहेको औँल्याए ।

परराष्ट्र तथा विदेश मामलाका विषयमा समाचार बनाउँदा धेरै पत्रकार गलत सूचनाको सिकार भएको तथा कुनै देशले अर्को देशका विरुद्ध लेखाउन कोसिस हुने गरेको समेत सुनाए । ‘अहिले कतिपय रिपोर्टर मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको सिकार हुने खतरा बढिरहेको छ । पत्रकार कमलदेव भट्टराईले भने, ‘जसले जस्तो सूचना दिएपनि भेरिफाइ नगरी लेख्दा कुनै मुलुकसँगको सम्बन्ध बिग्रनसक्ने खतरा समेत छ । सूचनाको भेरिफाइ नहुनु वा डकुमेन्टको उचित जाँच नहुनु समस्या देखिएको छ ।’

पत्रकारहरू एकराज पाठक, अनिल गिरी, शरदचन्द्र भण्डारी, कोषराज कोइराला, राधा खनाल, होम कार्की, चाँदनी हमाल, शिक्षा भट्टराई, दिनेश रेग्मी, रुद्र खड्का, धर्मेन्द्र कर्णलगायतले यस्तो समस्या आउन नदिन काउन्सिलले यस क्षेत्रका रिपोर्टरका लागि विशेष तालिम वा प्रशिक्षण दिनुपर्ने वा सरकारसँग त्यसकिसिमको कार्यक्रमका लागि पहल गर्नुपर्ने बताएका थिए । सरकारका विभिन्न निकायबाट चुस्त दुरुस्त रुपमा सही सूचना नपाउँदा पनि रिपोर्टिङमा समस्या भइरहेको सहभागीले सुनाएका थिए ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निकै संवेदनशील विषयमा बहस र छलफल प्रारम्भ गरिएको उल्लेख गर्दै मन्त्रालयहरू तथा सरकारका तत् तत् निकायसँग पनि आवश्यकताअनुसार छलफल गर्ने उल्लेख गरे । उनले नेपालको पत्रकारिता धेरै सङ्घर्षमा रहेको उल्लेख गर्दै विदेश मामिलासम्बन्धी रिपोर्टिङले कुनै पनि देशको हितमा ठूलो भूमिका खेल्ने हुँदा काउन्सिलले बिट पत्रकारिताका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गरे ।

Health Tips Ad Road Block