skip this News Page Tips Ad Road Block

ललितपुरको बालकु‌मारीमा त्रिवेणी मोटोकर्पको ईभी शोरुम

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकु‌मारीमा डोङफेङ इलेक्ट्रिक भेहिकल्सको लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोठोकर्प, चीनको डोङफेङ अटोमोबाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात् कम्पनीले इलेक्ट्रि‌क मेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको जनाएको हो ।

होड्रफेना अटोमोबाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा बिक्री वितरण हुँदै आएको कम्पनीले बताएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो म्यानहरु बिक्री वितरण सुरु गरेको हो ।

बिजुली गाडीको प्रर्वधनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सबै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रालिले लिएको जनाएको छ । ११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको
लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमी रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ रहेको छ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमी।को रेन्ज प्रदान गर्ने र डोङफेङका सबै इलेक्ट्रि‌क भ्यानहरुमा सिएटीएल व्याट्रि जडित रहेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त रेन्जहरु ४० किमी प्रति घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार चालकको ईभी संचालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेज्ज परिक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोठोकर्प प्रालिले डोङफेङ इलेक्ट्रि‌क भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ्ग स्टेशनहरु आफ्‌ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको बताएको छ ।

त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स कम्पनी प्रालि ईटहरी, ईष्टर्न मोटर्स प्रालि जनकपुर तथा विरगञ्ज, नारायणी अटोकर्प प्रालि पोखरा,अटोवेज प्रालि धनगढी, प्राप्ती मोटर्स प्रालि नारायणघाट, स्मार्ट अटो प्रालि, ललितपुर, स्मार्ट अटो प्रालि, भक्तपुर, जीइभी नेपाल प्रालि मार्फत आफ्‌ना गाडीहरुको बजारीकरण हुने जनाएको छ । त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ साथै आवश्यक पार्टसहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ ।

Health Tips Ad Road Block