skip this News Page Tips Ad Road Block

ललितपुरको लगनखेलमा भेटियो पाँच सय दरका नक्कली नोट, सुरज राई पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्क नजिकबाट नेपाली ५ सय दरका १६ थान नक्कली नोट सहित काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने सिराहा घर भएका १९ वर्षीय सुरज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Health Tips Ad Road Block