Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनमा बहानाबाजी गरेको भन्दै सोट्टो नेपालको घोर बिरोध

हवाई टिकटमा लागेको भ्याट तत्काल फिर्ता लिन सरकारलाई आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

भक्तपुर । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले नेपाल पर्यटन बोर्डले पछिल्लो समय आन्तरिक पर्यटन प्रवर्द्धनमा बहानाबाजी र खेलवाड गरेको भन्दै घोर बिरोध गरेको छ । सोट्टो नेपालको सोह्रौँ वार्षिक साधारण सभा उद्घाटन गर्दै अध्यक्ष भुवन बहादुर पाण्डेले पर्यटन प्रवद्र्धन गर्न बसेको संस्था नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका शिलशिलामा विभिन्न बहानाबाजी गरेर रोकेको भन्दै बिरोध गरेका हुन् ।

यसैगरी अध्यक्ष पाण्डेले हवाई टिकटमा लागेको भ्याटले पर्यटन व्यवसायमा समस्या उत्पन्न गरेको र रोजगारी गुमेको भन्दै फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष पाण्डेले भ्याट फिर्ता नभएसम्म संस्थाले सरकारलाई खबरदारी गरिरहने बताए । भ्याटका कारण हवाई टिकट महँगो पर्न जाँदा पर्यटक आगमन नै घटेको दाबी गर्दै अध्यक्ष पाण्डेले पर्यटनमा दिर्घकालिन नकारात्मक असर गर्ने कुनै पनि निर्णय नगर्न सरकारलाई सुझाएको छ ।

संस्थाका महासचिव दिनेश बस्नेतले पोखरा र भैरहवा विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् । सोट्टो नेपाल नयाँ पर्यटकीय क्षेत्रको विकासका लाग्ने योजना सुनाउँदै महासचिव बस्नेतले जिडिएस ट्राकिङ दुरुपयोग हुने काम रोक्न पहल गर्ने बताए ।

साधारण सभामा उपस्थितहरुले भारतीय पर्यटकले ल्याउन पाउने रकम बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Health Tips Ad Road Block