Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पा २९औँ पटक सगरमाथा शिखरमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९औँ पटक विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका छन् । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् । आरोही टासी लाक्पा शेर्पाले सामाजिक सञ्जालमार्फत कामीरितालाई बधाइ दिएका छन् ।

कामीरिताले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथा शिखरको सफल आरोहण गरेका थिए। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहणको यात्रा थालेका थिए।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान रहेको छ ।

Health Tips Ad Road Block