skip this News Page Tips Ad Road Block

पाण्डेको अध्यक्षतामा एमालेको पर्यटन ईलाका

काठमाडौं । नेकपा (एमाले) उद्योग व्यवसायी विशेष पर्यटन ईलाकाको अध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न छैठौं अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

ईलाकाको उपाध्यक्षमा भिष्म न्यौपाने, सचिवमा जीवन थपलिया, उपसचिवमा गोपाल श्रेष्ठ र संगीता खनाल चयन भएका छन् । अधिवेशनले सुजन आचार्य, ध्रुव लम्साल, भिम तामाङ, रुवी भण्डारी , पिताम्बर गुरुङ, शुदर्शन पौडेल र विदुर खतिवडालाई सदस्यमा चयन गरेको छ ।

इलाकाको लेखा समितिको अध्यक्षमा हेम कार्की, उपाध्यक्षमा माया गर्भुजा पुन र सचिवमा अमृत सापकोटा चयन भएका छन् ।

नवनिर्वाचित पाण्डेले पर्यटन क्षेत्रलाई माथि उठाउन आफूहरुले सक्रियरुपमा भूमिका खेल्ने बताएका छन् ।

Health Tips Ad Road Block