skip this News Page Tips Ad Road Block

बेहुला बेहुली किन्न पाइने अचम्मको बजार !

शाङ्घाई । हामी बजारमा विभिन्न सामान किन्छौं, यो नौलो कुरा भएन । तर केही स्थानमा हामीले कल्पनासम्म पनि नगरेका यस्ता सामानहरु किन्न पाइन्छ । यस्तै छ चीनको साङ्घाई बजार । यहाँ मानिसहरु आफूलाई चाहिएको बेहुला र बेहुली किन्न आउँछन् । सामाजिक सञ्जालमा चीनको एउटा भिडियो भाइरल भएपछि यो विषय उजागर भएको हो ।

चीनको साङ्घाई बजार यस्तो बजार हो, जहाँ महिलाहरू आफ्ना लागि श्रीमान् खोज्न आउँछन् भने पुरुषहरू श्रीमती खोज्न आउँछन् । यहाँ बेहुला बेहुलीको परिवारका सदस्यहरू आमा, बाबा, हजुर बुबा, हजुर आमासमेत उपस्थित हुने गर्दछन् ।

यो बजारबारे बेला बेलामा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा चर्चा हुने गरेको छ ।

Health Tips Ad Road Block