काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा पुगेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४३२५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





















