काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयद्वारा गठित समितिले आज दोस्रो दिन पनि पीडितहरुसँग वार्ता गर्दै छ ।
अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितबीच बिहीबार भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको भन्दै आज पनि वार्तालाई निरन्तरता दिइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ । त्यहीअनुरुप हिजोको वार्ता स्थगित भएको थियो ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो ।
समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् ।
वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहेका छन् ।

















