skip this News Page Tips Ad Road Block

स्वास्थ्य र शिक्षामा लागेको समता कर हट्यो, असुल भएको शुल्क १५ दिनमा फिर्ता गर्न निर्देशन

काठमाडौं । बजेटमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको समता शुल्क हटेको छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै यो शुल्क हटेको हो ।

चौतर्फी विरोधपछि यसअघि सरकारले बजेटमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क(कर) फिर्ता लिने निर्णय गरेको थियो । असुल भएको शुल्क १५ दिनमा फिर्ता गर्न निर्देशन दिइएकाे छ ।

राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘ नेपाल सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी देहाय बमोजिमको निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ: (क) आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र सोही ऐनको दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्क पूर्ण रुपमा छुट दिने, (ख) हालसम्म असुल गरेको शिक्षा समता शुल्क वा स्वास्थ्य समता शुल्क असुल उपर गर्ने व्यक्ति वा निकायले भुक्तानीकर्तालाई पन्ध्र दिनभित्र फिर्ता दिने र सो अवधिभित्र फिर्ता दिन सम्भव नभएमा सङ्घीय सञ्चित कोषमा दाखिला गर्ने।’

Health Tips Ad Road Block