skip this News Page Tips Ad Road Block

जी.ओ. अटोमोबाइल्सद्वारा धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने ग्रान्ड ओपनिङ सर्भिस क्याम्प घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले धोबीघाटमा आफ्नो नयाँ State of art MG सर्भिस सेन्टर सञ्चालनमा आएको घोषणा गरेको छ। अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, Genuine MG स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण MG ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा (After-sales Service) प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले २२ जुलाईदेखि २९ जुलाई २०२६ सम्म ७ दिने “ग्रान्ड ओपनिङ सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ। यस अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइनेछ।

MG ग्राहकहरूको स्वामित्व अनुभव (Ownership Experience) अझ सुदृढ बनाउन तथा भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको हो।

ग्रान्ड ओपनिङ सर्भिस क्याम्पका मुख्य आकर्षणहरूः

• सम्पूर्ण एमजी ग्राहकका लागि समर्पित सर्भिस सुविधा
• कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा
• Genuine MG स्पेयर पार्ट्सको उपलब्धता
• पारदर्शी तथा प्रतिस्पर्धी सेवा शुल्क
• “Review & Win” अभियान: आफ्नो सेवा अनुभव Google Review, सामाजिक सञ्जालमा भिडियो (Reels) वा लिखित प्रतिक्रियामार्फत साझा गर्ने ग्राहकले आकर्षक एमजी गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्नेछन्। (नियम तथा सर्तहरू लागू हुनेछन्।)
“यो Dedicated MG सर्भिस सेन्टरको स्थापना हाम्रो ग्राहकप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम हो। उत्कृष्ट after-sales service नै सफल स्वामित्व अनुभवको आधार हो भन्ने हाम्रो विश्वास छ। यस सुविधामार्फत नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने हाम्रो उद्देश्य रहेको छ।” जी.ओ. अटोमोबाइल्स प्रा. लि.का प्रबन्ध निर्देशक आकाश गोल्छा ले भने ।

कम्पनीले सम्पूर्ण एमजी ग्राहकलाई २२ जुलाईदेखि २९ जुलाईसम्म सञ्चालन हुने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी भई नयाँ सेवा सुविधाको अनुभव लिन अनुरोध गरेको छ।

Health Tips Ad Road Block