skip this News Page Tips Ad Road Block

युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल गरेको छ । युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको हो।

छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवाको क्षेत्र सम्बन्धी कार्य गर्ने सङ्घ संस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न छलफल सुरु गरेको हो।
छलफलमा उपस्थितहरूले युवाले विभिन्न क्षेत्रमा गरेका कामको मूल्यांकन गर्दै सम्मानजनक उपस्थितिको लागि ऐनमा समेटिनुपर्ने, अन्य देशहरूले युवाको क्षेत्रमा गरेको सकारात्मक कदमलाई पनि समेट्नुपर्ने सुझाव राखेका थिए। उक्त विषयलाई सम्बोधन गर्दै मन्त्री यादवले युवाहरूका क्षेत्रमा विश्वले कसरी काम गरिरहेको छ त्यसलाई मध्यनजर गर्दै विगतमा नेपालले गरेका सकारात्मक विषयहरूलाई समेत समेटिने बताए ।

छलफलमा मन्त्रालयका सचिव दिपक काफ्ले, पूर्व सचिव रामप्रसाद थपलिया, मन्त्रालयका सह सचिवहरू बाबुराम भण्डारी, मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सह सचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरे, नेपाल कानुन आयोगका उपसचिव जलेश्वर राम लगायतको उपस्थिति रहेको थियो।

Health Tips Ad Road Block