काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलाको ४३६० रुपैयाँबाट बढेर ४४१५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।





















