काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३२ औं वार्षिक साधारण सभा आज अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु सभावाट पारित गरियो । साथै सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालसम्म चुक्ता भएको पूँजी रु. २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशतका दरले हुन आउने नौ करोड नब्बे लाख बराबरको बोनस शेयर तथा सोमा लाग्ने लाभांश कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले नगद लाभांस बाउन्न लाख दश हजार पाँच सय छब्बीस पैसा बत्तीस वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । साथै सम्बन्धित निकायहरुको स्वीकृति लिई बोनस शेयर जारि गरिने र तत्पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी दुई अर्ब चौसठ्ठी करोड) पुग्ने जानकारी सभामा दिइएको छ ।
२०८३ साल जेठ मसान्तसम्म कम्पनीको शाखा तथा उपशाखा, तेस्रो पक्ष बीमा काउण्टर र प्रादेशिक कार्यालयहरुको समायोजन गरी हाल प्रधान कार्यालय तथा प्रादेशिक कार्यालय समेत १०४ वटा शाखा तथा उपशाखा र तेस्रोपक्ष बीमा काउण्टरबाट बीमा सेवा प्रदान गर्दै आएकोे ।
आगामी आ.व.२०८३।८४ मा शेयरधनीलाई अपेक्षित प्रतिफल दिन र कम्पनीको लक्ष्य हासिल गर्न कम्पनी परिवार क्रियाशिल रहेको सो अवसरमा जानकारी दिइएको छ ।





















