skip this News Page Tips Ad Road Block

उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी रकम नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी रकम नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ परेका छन् ।

उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र जिल्ला सर्लाही, हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन् ।

उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको हो ।

उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block