skip this News Page Tips Ad Road Block

अर्जुन गुरुङको ‘घुम्दै फिर्दै नेपालतिरै’ पुस्तक लोकार्पण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्जुन कुमार गुरुङद्धारा लिखित ‘घुम्दै फिर्दै नेपालतिरै’ पुस्तक लोकार्पण गरिएको छ । वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा आज पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकको प्रकाशन मिडिया सर्भिस नेपाल प्रा.लि.ले गरेको हो ।

पुस्तकमा विदेशी भूमिमा रहेपनि नेपालको माया लाग्ने विषयलाई विशेषरुपमा झल्काइएको छ ।

जीवनका दुई दशक वेल्जियममा बिताएका गुरुङलाई अन्तत: नेपालकै मायाले तानेको पाइन्छ ।

जीवनको सन्तुष्टि लिनको लागि नेपाल नै प्यारो लागेर फर्किएको पनि उनको भनाइ छ ।

Health Tips Ad Road Block