काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेर सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा आइपुगेको छ ।
चाँदी प्रतितोला ४३६० रुपैयाँ रहेको छ ।





















