skip this News Page Tips Ad Road Block

फिफा वरियताका शिर्ष चार टिम नै जारी विश्वकप फुटबलको उपाधि भिडन्तमा, आज रातिदेखि प्रतिष्पर्धा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । फिफा वरियतामा पहिलोदेखि चौथो स्थानमा रहेका शिर्ष चार टिम नै जारी विश्वकप फुटबल–२०२६ को उपाधि भिडन्तमा पुगेका छन् । पहिलोपटक ४८ राष्ट्र सहभागी भएको विश्वकपको अन्तिम चारमा विश्वकप इतिहासमै फिफा वरियताका उत्कृष्ट चार टिम पुगेका हुन् । पछिल्लो सार्वजनिक परिणामअनुसार फिफा वरीयतामा अर्जेन्टिना, स्पेन, फ्रान्स र इङ्ग्ल्यान्ड पहिलो चार टिम हुन् ।

यी चार टिममध्ये एकले यसपालीको विश्वकपको उपाधि उचाल्नेछन् ।

तीनपटकको विश्वकप विजेता अर्जेन्टिना, दुईपटकको विजेता फ्रान्स, एक/एक पटकको विश्वकप विजेता स्पेन र इङ्ग्ल्यान्ड उपाधि थप गर्न चाहन्छन् ।

उपाधिका लागि पहिलो सेमिफाइनल मङ्गलबार(आज) राति फ्रान्स र स्पेनबीच खेल हुनेछ । किलियन एम्बापे र ओसमान डेम्मेले लगायतका उसका खेलाडी अहिले चर्चामा छन् । स्पेनका लामिने यमालले लगायत उसको प्राविधिक पक्षलाई धेरैले उत्कृष्टकारुपमा लिएका छन् ।

दोस्रो सेमिफाइनल अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच हुने छ । जारी विश्वकपमा अहिलेसम्म क्वाटरफाइनलबाहेक अर्जेन्टिनाका लागि लियोनेल मेसीको एक्लो प्रदर्शनी भइरहेको पाइन्छ । मेसी आठ गोल र दुई एसिस्ट गरी गोल्डेन बुटको दाबेदारीमा एम्बापेसँगै अग्रस्थानमा छन् । यता इङ्ग्ल्यान्डका कप्तान हेरी केन र युड बेलिङ्घमको पनि विशेष चर्चा छ ।

जारी विश्वकपमा गोल्डेन बुटको दौडको चर्चा पनि उत्तिकै रोचक बनिरहेका छ । एम्बापे र मेसी (आठ/आठ गोल) सहित हालसम्म यसको दाबेदार बनिरहेका छन् । ह्यारी केन र बेलिङ्घमले पनि छ/छ गोल गरिसकेका छन् र उनीहरुलाई पनि यस दौडबाट पन्छाउन मिल्दैन ।

Health Tips Ad Road Block