skip this News Page Tips Ad Road Block

फोटोनले पाँच नयाँ शिल्ड सर्भिस पोइन्ट थप्दै टोटल केयर नेटवर्क विस्तार गर्‍यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं, नेपाल । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक फोटोन टोटल केयर सर्भिस प्वाइन्ट सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप सुदृढ बनाएको छ ।

यस विस्तारसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ । यसबाट देशभरका ग्राहकले भरपर्दो तथा स्थानीयस्तरमै उपलब्ध विद्युतीय सवारीसाधनको मर्मतसम्भार र प्राविधिक सहायता थप सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

नयाँ स्थापना गरिएका शेइल्ड सर्भिस प्वाइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका स्थानमा रहेका फोटोनका ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन् । भरपर्दो सवारीसाधन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवामा दैनिक सञ्चालन निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो विस्तार विशेष महत्त्वपूर्ण हुनेछ ।

फोटोन टोटल केयर सर्भिस नेटवर्कमार्फत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत तथा सर्भिस प्वाइन्ट सहयोगलगायत सेवा प्राप्त गर्नेछन् । नयाँ सर्भिस प्वाइन्टहरू फोटोनका विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष डााइग्नोष्टिक्स उपकरण, तालिमप्राप्त इभि प्राविधिक तथा फोटोनका जेन्युन स्पेयर पाट्र्ससहित सञ्चालनमा ल्याइएका छन् ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा दक्ष तथा योग्य इभि मर्मत सेवाको पहुँच पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ । प्रमुख सहरी क्षेत्रबाहिर समेत सेवा विस्तार गर्दै फोटोनले सवारीसाधनको सुरक्षा र विश्वसनीयता बढाउने, सवारीसाधनको आयु लम्ब्याउने तथा बिक्रीपछिको सेवा लिन ग्राहकले लामो दूरी यात्रा गर्नुपर्ने अवस्था घटाउने लक्ष्य राखेको छ ।

सवारीसाधन सञ्चालनमा अवरोध आउने समय र सञ्चालन खर्च घटाउनु फोटोन टोटल केयर कार्यक्रमको प्रमुख उद्देश्य हो । नियमित तथा रोकथाममूलक मर्मतसम्भार, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भूगोल र सञ्चालन अवस्था अनुकूल सेवा तयारीमार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्दै व्यवसायलाई सहज रूपमा अघि बढाउन यो कार्यक्रम तयार गरिएको कम्पनीको भनाइ छ ।

फोटोन टोटल केयर शेइल्ड सर्भिस प्वाइन्टहरू दुर्गम, अर्धेशहरी तथा क्षेत्रीय बजारमा आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछन् । यी केन्द्रहरूले एउटै मापदण्डको गुणस्तरीय सेवा र सहज पहुँचयुक्त बिक्रीपछिको सहायता प्रदान गर्नेछन् ।
भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानलाई आफ्नो सेवा नेटवर्कमा समावेश गर्दै फोटोनले ग्राहकको दीर्घकालीन विश्वास थप बलियो बनाउनुका साथै नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको विस्तारलाई सहयोग गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ ।

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालि बारेमा

ःएमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालि नेपालका लागि फोटोन सवारी साधनको आधिकारिक वितरक हो । कम्पनीले देशभर विस्तार भइरहेको शोरुम तथा सेवा केन्द्रको सञ्जालमार्फत व्यावसायिक गतिशीलता समाधान उपलब्ध गराउँदै आएको छ । भरपर्दा सवारी साधन, सहज बिक्रीपछिको सेवा, असली पाट्र्स तथा ग्राहककेन्द्रित गतिशीलता समाधानमार्फत ग्राहक र व्यवसायलाई सहयोग गर्नु कम्पनीको प्रमुख उद्देश्य हो ।

Health Tips Ad Road Block