काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको स्मार्टपे नेटवर्कमा माछापुच्छ्रे बैंक तथा मुक्तिनाथ विकास बैंक आवद्ध भएका छन् । यससँगै अब यि बैंकका ग्राहकहरुले विश्वस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरी एससिटीको भुक्तानी स्वीच मार्फत रकमान्तर गर्न सक्नेछन् ।
हिजो भएका दुई छुट्टाछुट्टै कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत माधव सुवेदी तथा मुक्तिनाथ विकास बैंकका तर्फबाट उपनायव कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग ले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो क्रममा दुवै बैंकका अधिकारीहरुले एससिटीसँगको यो नयाँ सम्झौता पश्चात एससिटीले गर्दै आएका नवप्रवर्तन तथा अत्याधुनिक सेवा प्रयोगका लागि बैंकका ग्राहकहरुलाई नयाँ मार्ग मिलेको बताएका छन् ।
नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भएको यस सहकार्यले बैंक तथा वित्तिय संस्थाहरुबिचको अन्तरसम्वन्धलाई मजवुत बनाउँदै ग्राहकहरुलाई अझ सहज र आधुनिक वित्तिय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । एससीटीले सुरक्षित, भरपर्दो र नवीनतम प्रविधिमा आधारित भुक्तानी पूर्वाधार विकास गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) डिजिटल भुक्तानीको क्षेत्रमा नेपालको सबैभन्दा पुरानो र अनुभवी सेवा प्रदायक हो ।
नेपालको पहिलो डोमेस्टीक कार्ड एससीटी कार्ड र एससीटी नेटवर्क मार्फत सेवा सुरु गरेको यस संस्थाले हाल २४ बैंक वित्तिय संस्था तथा ३०० भन्दा धेरै सहकारी संस्थाहरु मार्फत सर्वसाधारणलाई एससीटी युनियनपे कार्ड , भिसा कार्ड , डेविट र क्रेडिट कार्ड, एटिएम सञ्जाल, पिओएस सेवा , स्मार्ट क्यूआर सेवा, स्मार्ट बैंकिङ्ग— ओम्नि च्यानल मोवाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा लगायत रकमान्तर सेवा उपलब्ध गराउँदै आएको छ ।





















