skip this News Page Tips Ad Road Block

प्रदेशहरुको करिब ३ खर्बको बजेट, कुन प्रदेशको कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गत वर्षभन्दा पाँच अर्ब रुपैयाँ बढी हुने गरी दुई खर्ब ९२ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । चालु आव २०८२/८३ मा कुल दुई खर्ब ८७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

सबै प्रदेशको पुँजीगत खर्चको हिस्सा बढी रहेको देखिएको छ । आगामी आवका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत कुल एक खर्ब नौ अर्ब ६५ करोड रुपैयाँ पाएका सात प्रदेश सरकारले यही प्राप्तिकै आधारमा बजेटको टुङ्गो लगाएका हुन् ।

यसअनुसार आगामी आर्थिक वर्षका लागि कोशी प्रदेश सरकारले ४० अर्ब ४४ करोड, मधेस प्रदेश सरकारले ४१ अर्ब १३ करोड, बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड, गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९९ करोड, लुम्बिनी प्रदेश सरकारले ३७ अर्ब ३८ करोड, कर्णालीले ३५ अर्ब ३९ करोड, सुदूरपश्चिम प्रदेश सरकारले ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

Health Tips Ad Road Block