काठमाडौं । नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । आज बिहानदेखि यो निर्णय लागु भएको निगमले जनाएको छ ।
यस अन्तर्गत पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर २१४.५० र डिजेल/मट्टितेल २२२.५० रुपैयाँ पर्दछ ।
त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर २२४ रुपयाँ पर्दछ ।
यसैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर २२५ रुपयाँ पर्दछ ।





















