काठमाडौं । एमसिए नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने ४५० हेक्टर जमिनमा वृक्षारोपण गर्ने भएको छ ।
एमसिए नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्तिस्वरूप वृक्षारोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग एक सम्झौता समेत गरेको छ।
यस सम्झौतामार्फत एमसिए(नेपालले ईश्वरपुर–४, सर्लाहीमा रहेको सागरनाथ वन विकास परियोजना अन्तर्गत ४५० हेक्टर जमिनमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने जनाएको छ ।
यसले वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा योगदान पुर्याउने आशा गरिएको छ ।





















