skip this News Page Tips Ad Road Block

कुमारी बैंक इन्फोसिस फिन्याकल इन्नेभेसन अवार्ड २०२६ मा प्लाटिनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इन्नेभेसन अवार्ड २०२६ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन तर्फ उच्च तहको अवार्ड प्ल्याटिनमबाट सम्मानित भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रियासम्बन्धी उल्लेखनीय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो ।

इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ । यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो । उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्‍याएको छ । साथै, डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउँन योगदान पुगेको बैंकले जनाएको छ ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको जनाएकाे छ । बैंकले आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।

Health Tips Ad Road Block