कैलाली । कुल ग्राह्स्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान ७% रहने अनुमान गरिएकाे छ । प्रदेशका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गर्दै यस्ताे अनुमान सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८२/०८३ मा कुल ग्राह्स्थ्य उत्पादन मा सुदूरपश्चिम प्रदेशको योगदान ७% रहने अनुमान छ, उनले भने ।
उनले चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३ दशमल २८% रहने अनुमान सार्वजनिक गरेका छन् ।
आर्थिक सर्वेक्षण अनुसार राष्ट्रिय सूचकाङ्क भन्दा सुदूरपश्चिम प्रदेश ० दशमलव ८८ अङ्कले बढी देखिन्छ । चालु आर्थिक वर्षको चैत्रमा राष्ट्रिय सूचकाङ्क १०९.४ रहेको छ भने सुदूरपश्चिम प्रदेशको ११४.३ रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को चैत्र मसान्तसम्म प्रदेशको कुल आन्तरिक आय रु १ अर्ब १० करोड ५५ लाख रहेको छ ।
त्यस्तै आर्थिक वर्ष २०८२/०८३ को चैत्र मसान्तसम्म चालु खर्च रु ४ अर्ब५१ करोड २६ लाख र पुँजीगत तर्फ खर्च ३ अर्ब २६ करोड २४ लाख गरी कुल खर्च ७ अर्ब ७७ करोड ५० लाख रहेकाे छ ।





















