skip this News Page Tips Ad Road Block

आज प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथिको छलफल सुरु हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकको कार्यसूचिअनुसार राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

त्यसपछि आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । सोहीक्रममा अर्थ मन्त्री डा. वाग्लेले छलफलका क्रममा उठेका प्रत्रहरूको जवाफ दिने कार्यसूचि रहेको छ । डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने, विनियोजन विधेयक, २०८३० प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८३० प्रस्तुत गर्ने, नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३० प्रस्तुत गर्न अनुमति माग्ने, र नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३० प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूचि छ ।

त्यस्तै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१ पेस गर्ने र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस गर्ने कार्यसूचि रहेको छ ।

तर संसदमा प्रधानमन्त्री बालेन्द्र साहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै निरन्तर विपक्षीहरुको अवरोध रहेका कारण संसदका यी कार्यसूचिका विषयहरु प्रवेश गर्ने/नगर्नेबारे भने अन्योल रहेको छ ।

Health Tips Ad Road Block