काठमाडों । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे मूल्य बढेको छ ।
बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।
आज चाँदीकाे मूल्य बढेर ४९०५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँ रहेको थियो ।





















