skip this News Page Tips Ad Road Block

भृकुटीमण्डपको फन पार्कलाई कारवाहीः सरकारी निकायले लगायो २ लाखभन्दा बढी जरिवाना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौं महानगरपालिका–३१, भृकुटीपण्डपमा रहेको काठमाडौं फन पार्कलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँभन्दा बढी जरिवाना गरेको छ । विभागले दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागले अनुगमन गरेपछि उक्त कारवाही गरेहेका हो ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपद‌फा २ को खण्ड (क) बमोजिमको कार्य गरी सोही ऐनेको दफा ३८(ङ) बमोजिमको कसुर प्रमाणित गरी सोही ऐनको दफा ३९(१) (ख) बमोजिम जरिवाना गरेको जनाएको छ ।
ऐनमा अनुचित व्यापारिक क्रिायकलाप गरे कारवाही हुने व्यवस्था रहेको छ ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार शङ्खमूलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ, नयाँ बानेश्वरमा रहेको रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ तथा पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । व्यावसायिक आचरण र मापदण्ड पालना नगरेको पाइएपछि विभागले काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित मोबडिल्ज र महानगरपालिका–१० बुद्धनगरस्थित गणेश मोटर बाइक वर्कसपलाई समेत जनही ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

जरिवाना बाहेक अनुगमन टोलीले गल्तीको प्रकृति हेरी कतिपय व्यवसायलाई पहिलो पटकका लागि सचेत गराउँदै निर्देशन दिएको छ । जसमा भीमसेनगोलास्थित गल्र्स क्लोजेट प्रालि, चावहिलको रुम्बा कलेक्सन तथा नाचघर गल्लीमा सञ्चालित डेलिसियस मःम पसल रहेका छन् । यी तीनवटै व्यावसायिक फर्महरूलाई आफ्नो कार्यप्रणालीमा आवश्यक सुधार गर्न विभागले सचेत गराएको छ ।

Health Tips Ad Road Block