वीरगंज । वीरगंजमा वर्षायामसँगै आउने बाढी, डुबान, हावाहुरी, चट्याङ तथा अन्य प्राकृतिक प्रकोपबाट पशुपन्छी क्षेत्रमा हुन सक्ने क्षतिको विवरण संकलन कार्य सुरु गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरूमा चट्याङ्ग, हावाहुरी, वर्षा तथा अन्य प्राक्तिक प्रकोपका कारण पशुपन्छी क्षेत्रमा भएको क्षति एवं हानी नोक्सानीको विवरण संकलन गर्नुपर्ने भनेपछि वीरगंज महानगरपालिका उक्त कार्यमा जुटेको हो ।
महानगरले त्यस क्षेत्रभित्र प्राकृतिक प्रकोपका कारण पशुपन्छी क्षेत्रमा कुनै प्रकारको क्षति तथा हानी नोक्सानी भएको भए सम्बन्धित पशुपालक किसान, पशुपन्छी फार्म संचालक तथा सरोकारवालाहरूले सम्बन्धित वडा कार्यालयको सिफारिससहित क्षतिको विवरण यथाशीघ्र पशु सेवा शाखा, वीरगञ्ज महानगरपालिकामा उपलब्ध गराइदिन भनेको छ ।
त्यसमा क्षतिको परिमाण (संख्या), क्षतिको अनुमानित मूल्य (हजार रुपैयाँमा), क्षति भएको पशुधनको बीमा भएको वा नभएको विवरणसमेत उल्लेख गर्नुपर्ने छ ।





















