skip this News Page Tips Ad Road Block

नाडा ग्रीन ड्राइभ २०२६ र्याली सम्पन्न

काठमाडौं। विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्याली सम्पन्न गरेको छ।

AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO EV, SUZUKI, Times Business-SKYWORTH / Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डका विद्युतीय सबारी साधनहरुको सहभागितामा र्याली सम्पन्न भएको हो।

नाडा सचिवालय टेकु देखि त्रिपुरेश्वर-दरबारमार्ग-नक्साल-गौशाला-तीनकुने-नयाँ बानेश्वर-माइतीघर मण्डला-थापाथली-कुपण्डोल-पुल्चोकस्थित द प्लाजामा सो र्यालीको समापन गरिएको थियो।

उक्त र्यालीमा सहभागी ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्रसमेत वितरण गरेका थिए।

सो प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए। नाडा ग्रीन ड्राइभ २०२६ र्याली कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने नाडाका सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गरेको छ।

Health Tips Ad Road Block