skip this News Page Tips Ad Road Block

नेपाल एसबीआई बैंकलाई भारतीय चेम्बर अफ कमर्सकाे चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड भारतीय चेम्बर अफ कमर्सले प्रदान गर्ने चार अन्तर्राष्ट्रिय बैंकिङ अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा पुरस्कार प्राप्त गरेको हो ।

यी पुरस्कार भारतको नयाँदिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ कार्यक्रममा प्रदान गरिएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङमा उत्कृष्ट कार्यसम्पादन, सम्पत्तिको गुणस्तर व्यवस्थापन, नाफामुखी सञ्चालन तथा साना, घरेलु तथा मझौला उद्यम (एमएसएमई) प्रवद्र्धनमा बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ ।

बैंकले यस उपलब्धिका लागि ग्राहक, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै देशको आर्थिक विकास र समृद्धिमा योगदान दिने प्रतिबद्धता जनाएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

Health Tips Ad Road Block