skip this News Page Tips Ad Road Block

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक, आफन्तका नाममा लुकाइएको सम्पत्ति र रकमबारे सूचना माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका संचालकहरुले सहकारीको बचत रकम वा सम्पत्ती हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरुले सम्वन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ती र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अध्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ ।

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरुको विवरण यस्तो छः

 




Health Tips Ad Road Block