skip this News Page Tips Ad Road Block

भदौ ९ गतेदेखि हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला !

काठमाडों । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एबम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८ औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ । नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ गते आज देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ ।

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ । यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी Global Exposition बाट प्राप्त गर्न सकिने नाडाले जनाएको छ । सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी यस प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न नाडाले अनुरोध गरेको छ ।

Health Tips Ad Road Block