skip this News Page Tips Ad Road Block

मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति ” अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । “अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,” एक विद्यार्थीले भावुक हुँदै बताए । अभिभावकहरूले पनि बैंकले गरेको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति नयाँ भरोसा जागेको प्रतिक्रिया दिएका थिए ।

शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार हो, आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व रहेको बैंकले विश्वास लिएको छ । आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Health Tips Ad Road Block