काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीकाे मूल्य भने ५०५० रुपैयाँबाट बढेर ५११५ रुपैयाँ प्रतितोलामा पुगेको महासंघले जनाएको छ ।





















