काठमाडौँ । काठमाडौँको मुटु दरबारमार्गको रौनक फेरि एकपटक फर्कने भएको छ । आगामी २०८३ जेठ ९ गते (मे २३, २०२६) का दिन १९ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । यस वर्ष ’एक्सट्रीम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा यो उत्सवलाई ’एक्सट्रीम स्याटर्डे’ का रूपमा अझ ऊर्जावान बनाइँदैछ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ । हरेक वर्ष झैँ स्ट्रिट फेस्टिवलको भरपुर मजा निःशुल्क लिन पाइनेछ ।
महोत्सवका मुख्य आकर्षणहरूः
– पारिवारिक मनोरञ्जनः बालबालिकाका लागि विभिन्न खेलहरू, ३ह३ बास्केटबल, इ–स्पोट्र्स, सांस्कृतिक झाँकीहरू, ऋयकउबिथ र फोटो बुथहरू ।
– खाना र परिकारः विभिन्न स्वादका खानाका स्टलहरू र रिफ्रेसिङ पेय पदार्थहरू ।
– सांगितिक माहोलः मुख्य स्टेजका साथै सहायक स्टेजमा डिजेहरूको धमकेदार प्रस्तुति रहनेछ ।
प्रमुख कलाकारहरूः
यस पटकको सांगीतिक साँझलाई तताउन चर्चित कलाकार तथा ब्याण्डहरूको उपस्थिति रहनेछन् ।
ः
– जोन एण्ड द लोकल्स
– द एक्स
– फोल्कट्रोनिक्स
– एस टी म्यान
– जे अथर
– सालिन मगर एण्ड ब्याण्ड
– प्रिजोल नेपाली एण्ड सरर
– गन एल्भिस
कार्यक्रमलाई लोकप्रिय प्रस्तोताहरू रेमन दास श्रेष्ठ , रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले सञ्चालन गर्नेछन् ।
’एक्सट्रीम स्याटर्डे’ महोत्सव काठमाडौंको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ । एक्सट्रीम इनर्जी ड्रिङ्कको साथले यस वर्षको ’एक्सट्रीम स्याटर्डे’ अहिलेसम्मकै सबैभन्दा उत्साहजनक र यादगार हुने आयोजकको विश्वास छ ।





















