काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न भएको छ ।
सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८ औं संस्करण “एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६” आयोजना गरिने भएको हो ।
उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो । आइतबार नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु एवं सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधिहरुको उपस्थितिमा उक्त गोला प्रथा कार्यक्रम सम्पन्न गरी सहभागी कम्पनीहरुलाई स्टल बाँडफाँड गरिएको छ ।
गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २–पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल एलट्मेन्ट गरिएको छ ।
सोक्रममा नाडामा सहभागी कम्पनीहरुप्रति नाडाका महासचिव मिलनबाबु मल्ले आभार व्यक्त गरेका छन् ।





















