skip this News Page Tips Ad Road Block

एमसिए–नेपालद्धारा विद्युत प्रसारणबाट प्रभावित समुदायको आयआर्जन विकास कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एमसिए–नेपालले एमसिए साझेदारी कार्यक्रम (एमपीपी) कार्यक्रम अगाडि बढाइरहेको जनाएको छ ।

यस अन्तर्गत विद्युत प्रसारण आयोजनाबाट प्रभावित हुने ३० समुदायहरूलाई सीप विकास, व्यवसाय वृद्धि र आयआर्जनका अवसर सिर्जनामा सहयोग गर्ने कार्यक्रम अगाडि बढाएको हो ।

सोही उद्देश्यले क्षमता अभिवृद्धि क्रियाकलापहरू अगाडि बढाइरहेको एमसिए नेपालले जनाएको छ।

एमसिए–नेपालको परामर्शदाता विनरक इन्टरनेशनलले कार्यान्वयन गरिरहेको यो कार्यक्रमले १० जिल्लाहरूमा ७९२ उद्यमीहरूलाई व्यवसाय व्यवस्थापन र विकास तालिम तथा १,२०० व्यक्तिहरूलाई प्रमाणित व्यावसायिक सीप तालिम प्रदान गर्ने जनाएको छ।

Health Tips Ad Road Block