skip this News Page Tips Ad Road Block

अबको धितोपत्र बोर्डको अध्यक्षका लागि आयो अन्तिम चार जनाको नाम, को–को परे ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिश समितिले अन्तिम चार जनाको नाम टुंगो लगाएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको लागि नाम सिफारिस गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिश समितिबाट उक्त छनोट भएको हो । वैशाख १५ मा इच्छुक व्यक्तिहरूको व्यक्तिगत विवरण माग गरिएको र तोकिएको म्याद भित्र ४७ जनाले व्यक्तिगत विवरण पेश गरेकोमा अन्तिम चारको सूचि निकालेको समितिले जनाएको छ ।

डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई समितिले छानेको छ ।

उनीहरुलाई जेठ ८ गते शुक्रबार दिउँसो १ बजेदेखि साढे २ बजेसम्म समितिले अर्थ मन्त्रालयमा छुट्टाछुट्टै छलफल गर्ने भएको छ ।

Health Tips Ad Road Block