काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. शर्मालाई आज मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।





















