काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
बैठकको प्रारम्भमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेललाई सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरे । उक्त सम्बोधनलाई मन्त्रिपरिषद्को आजै बसेको बैठकले पारित गरेको थियो ।
सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सम्बोधन गरेक हुन्।
नीति तथा कार्यक्रममा कर संरचना पुनरावलोकन, सरकारले तोकेभन्दा बढी लगानी गर्नेलाई लगानी भिसा दिने, दलहरूको सहकार्यमा संबिधान संशोधन, शेयर बजारमा पेन्सन कोष, समस्याग्रस्त सहकारीको कर्जा असुली गरी बचतकर्तालाई फिर्ता दिने, सबै आर्थिक कारोबारलाई डिजिटल पद्धतीमा लैजाने लगायत विषय प्राथमिकता परेका छन्।






















