Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गरिमा विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६ बाट सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६ बाट सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा मिति २०८३ वैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्‌को दशौं संस्करणमा यस विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६ अवार्डबाट सम्मानित भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो। यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ ।

यस अवसरमा बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहकहरु, शेयरधनी, कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यस विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित इंर्मजिङ एसिया बैंकिङ् अवार्डमा The Best Bank Best AI/ML Implementation विधामा उत्कृष्ट सहित Best MSME Acceleration विधामा Runner-up र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा ‘the HRM Awards for Corporate Excellence 2024’ बाट समेत सम्मानित भईसकेको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Health Tips Ad Road Block